काठमाडौँ — शिक्षासम्बन्धी विधेयकमा शिक्षक पदपूर्ति गर्दा महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी विशेष व्यवस्था हुने उल्लेख छ ।
यो विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए कुल २४.५ प्रतिशत पदमा महिला उम्मेदवारबीच नै प्रतिस्पर्धा हुनेछ । जसमा खस आर्य महिला २७, आदिवासी जनजातिबाट २५, मधेशी १५, दलित १२, थारू ६, अपांगता भएका, पिछडिएको क्षेत्रका महिला र मुस्लिम महिलाले ४/४ प्रतिशत पदमा प्रतिस्पर्धा गर्न पाउनेछन् । बाँकी पदमा पनि आदिवासी जनजातिलाई ३२, मधेशी १९, दलित १५, विपन्न खस आर्य १०, थारू ९, पिछडिएको क्षेत्रबाट ५, मुस्लिमबाट ५ र अपांगता भएका व्यक्तिबाट ४ प्रतिशत प्रतिनिधित्व हुने गरी समावेशिताको क्लस्टर छुट्याइएको छ । ५१ प्रतिशत पदमा खुला प्रतिस्पर्धाको विधिबाट पदपूर्ति गरिनेछ ।









