लुम्बिनीका मुख्यमन्त्री महराले आज १ बजे विश्वासको मत लिँदै

 

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसो १ बजे प्रदेश सभाको बैठकमा बिश्वासको मत लिदै छ्न ।
नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका भै शपथ र पदभार ग्रहण २५ गते गरेका थिए ।

Advertisement

सोही दिन उनले नेकपा एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दीपेन्द्र पुनलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । आज विश्वासको मत लिएपछि मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने योजना रहेको मुख्यमन्त्री महराको सचिवालयले जनाएको छ ।

उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजजादी १ र स्वतन्त्र सांसद खड्क बस्नेतले समर्थन गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु