आज ऋषि पञ्चमी

 

 

Advertisement

२ असोज, काठमाडौं । आज ऋषि पञ्चमी पर्व
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा  मनाईछ ।

आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषी पञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए ।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अरुन्धती, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषि पञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु