२ असोज, काठमाडौं । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स -एसटीएफ_ बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।
Advertisement
हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई kqmfp k/]sf] k’li6 u/]sf 5g\ . ‘उनलाई नियन्त्रणमा लिन हामीले एक वर्षदेखि प्रयास गरिरहेका थियौं’, अग्रवालले भनेका छन्, ‘दिपक नेपालमा सेल्टर लिएर बसिरहेका छन् भन्ने सूचना थियो ।’
पछिल्लो समय दिपक नेपालबाट आफ्नो घर आउँदै गरेको सूचना प्राप्त भएपछि आफ्नो टोली परिचालित भएको अग्रवालले जनाएका छन् ।
नैनताल प्रहरीले दिपकबारे सूचना दिनेलाई भारु २५ हजार रुपैयाँ इनाम दिने घोषणा समेत गरेको थियो । मुम्बईको पत्रिका ‘मिड डे’का पत्रकार जे डेलाई अज्ञात समूहले ११ जुन २०११ मा गोली हानी हत्या गरेको थियो । मुम्बई अन्डरवर्ल्डका विज्ञ मानिने उनले ‘जेरो डायल’ र ‘खल्लास’ गरी दुई पुस्तक समेत लेखेका थिए ।
उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २०११ मै दिपक सिसोदियालाई पक्राउ गरेको थियो । उनले जे डेको हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएको प्रहरीको निष्कर्ष थियो ।
जन्मकैदको सजाय काटिरहेका बेला दिपक २०२२ को जेनवरीमा ४५ दिनको पेरोलमा छुटेका थिए । तर, त्यो समयसम्ममा अमरावती केन्द्रीय कारागारमा नगइ उनी फरार भएका थिए ।
पत्रकार जे डेको हत्याका लागि सहयोग पुग्ने गरी छोटा राजनलाई सूचना दिएको आरोपमा एक निर्दोष पत्रकार समेत पक्राउ परेकी थिइन् । पछि कुनै प्रमाण फेला नपरेपछि अदालतले ती पत्रकार जिग्ना बोहरालाई छाडेको थियो ।
उनीमाथि केन्द्रित रहेर अनलाइन भिडियो स्ट्रिमिङ प्लेटर्फम नेटफि्ल्क्सले ‘स्कुप’ शीर्षकको वेवसिरिज पनि बनाएको छ ।









