धनगढी । नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), र राप्रपाको साथ पाएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेश गरेका छन्। चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेर दाबी पेश गरेका हुन्। चौधरी नाउपाका संरक्षक रेशम चौधरीनिकट सांसद हुन्।
Advertisement
सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका ४ र राप्रपाको १ गरी बहुमत सांसद जुटाएर चौधरीले मुख्यमन्त्री दाबी गरेको बताए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।









