कपिलवस्तु — वाणगंगा नगरपालिका–८, पुलचोकमा सोमबार राति ११ बजेतिर २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा मृत्यु भएको छ ।
Advertisement
काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।









