काठमाडौं । बर्दिया प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित रुकुम पश्चिमको सानोभेरी गाउ पालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई नियन्त्रणमा लिएको छ ।
Advertisement
आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
चेकिङका क्रममा उनीसँग दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।









