अन्तर्राष्ट्रिय समितिमा सभापतिसहित सांसदहरू नआएपछि बाहिरिए मन्त्री

काठमाडौ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापतिसहित सांसदहरू नै उपस्थित नभएपछि स्थगित गरिएको छ।

मंगलबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो।

Advertisement

उक्त बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे। तर सभापति, अन्य सांसदहरू भने उपस्थित थिएनन्।

सांसदहरू तोकिएको समय भन्दा १५ मिनेट पछिसम्म पनि पुगेनन्।

बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्छ।

तर ८ जनामात्रै उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका हुन्।

मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिएका थिए।

समितिका सभापतिसहितका सांसदहरूले समयको ख्याल नगर्दा बैठक स्थगित भएको हो।

Ncell
समितिको आजको बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इसराइल, रूस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुने कार्यक्रम थियो। सेतोपाटी/न्युज एजेन्सी नेपाल ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु