सडेको अवस्थामा शव फेला

 

उर्लाबारि । मोरङको लेटाङ–१ को जङ्गलमा कात्तिके भन्न ठाउँ नजिकै शव भेटिएको छ । सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

लेटाङ–१ का वडाध्यक्ष विष्णु मगरसहित इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
कोही मानसिक सन्तुलन गुमेको व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु