सल्यान बस दुर्घटना : ९ घाइतेलाई नेपालगन्ज र दाङ ल्याईयो

 

सल्यान — घोराहीबाट रुकुम जाँदै गर्दा सल्यानको बाग्चौर नगरपालिका-२ थारमारेस्थित ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि घाईते २२ घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङका अस्पताल ल्याईएको छ ।

Advertisement

गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका २ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका-४ दाङकी वर्ष २६ की खिमा बिक, गाडी धनी वर्ष ४६ का बिष्णु बिक, तुलसिपुर उपमहानगरपालिका १० बिजौरी बस्ने वर्ष २९ को कृष्ण चौधरी, नारायणपुर नगरपालिका १० दाङ्ग बस्ने वर्ष ३६ की दिलकुमारी गोतामे, तुलसिपुर उपमहानगरपालिका ६ बस्ने वर्ष ३४ का गाडी चालक पुर्ण शम्शेर जबरा, तुलसिपुर उपमहानगरपालिका-७ बस्ने वर्ष ४९ की ठगी बुढा र वर्ष ४७ की कुम्भ कुमारी बुढालाई नेपालगन्ज र दाङ्ग ल्याईएको हो ।

बुधबार बिहान ११ बजेतिर पुलबाट खसेर दुर्घटना भएको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

उनका अनुसार उनीहरुको नेपालगन्ज र दाङ्गका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । चारको अबस्था गम्भीर रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु