बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । बाँकेका डिएसपी नारायण डाँगीका अनुसार उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको हो। मुख्य गोदाम भने सुरक्षित रहेको छ ।

‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। करिब आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ

Advertisement

आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिए।
विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु