रेशम चौधरीको रिटको सुनुवाइ अर्को शुक्रबार हुने

काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिटको सुनुवाइ शुक्रबार सरेको छ ।

आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेपछि शुक्रवार अर्को पेशि सरेको हो ।

Advertisement

गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

उनी निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णय विरुद्ध चौधरी सर्वोच्च गएका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु