नेपालगन्ज । गर्मि बढेसंगै बर्दिया जिल्लामा रहेको निकुन्ज, सामुदायिक बन र सरकारि बनको ८० स्थानमा डढेलो लागेको छ । आगलागीमा करोडौंको क्षति भएको छ । मानबिय लापरबाहीका कारण आगलागिका घटना बढेको हो ।
आइतबार साँझसम्म लुम्बिनी प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयले जनाएको छ ।
Advertisement
प्रदेशको पूर्वी रुकुममा २३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने कपिलवस्तुको २१ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।उता, दाङमा २५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने । अर्घाखाँची जिल्लामा लागेको डढेलोबाट ३५ घर गोठ जलेको वन कार्यालयले जनाएको छ । यस्तै यहाँ २१ वटा चौपाया समेत मरेका छन् । अर्घाखाँचीमा लागेको डढेलो साँझ नियन्त्रणमा आएको छ । पाल्पामा ५५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।









