सुदूरपश्चिमका मुख्यमन्त्रीको बर्खास्तीको रिटमा आज सुनुवाई हुँदै

 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती माग्दै सर्वोच्चमा दायर गरिएको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।

Advertisement

प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । आज उक्त रिटको सुनुवाइ हुदै छ । निबर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दावी पेश गरे । तर, ४ वैशाखमा पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका हुन् । त्यसपछि दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु