बढैयातालमा यौनकिता सम्बन्धी अन्तरपुस्ता संवाद

१३ बैसाख बढैयाताल सकारात्मक तथा नकारात्मक यौनिककता सम्बन्धी अन्तरपुस्ता सम्वाद कार्यक्रम बढैयातालको टेशनपुरमा गरिएको छ ।


प्लान नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त परियोजनाको आयोजनामा सकारात्मक यौनिकता तथा यौनिकता बारे नकारात्मक धाराणाका बिषयमा अन्तरपूस्ता संवाद कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रमकाे उद्देश्य र परियाेजनाकाे बारेमा जानकारी गराउदै परियाेजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारूले भने   बालबालिका लाइ समुदायमा सशक्त बनाउन बाल अधिकार  सम्बन्धीत बिबिध कार्यक्रम गर्दै अाएकाे बताए ।

किशोरी र अभिभाबक लाई लक्षित गरि गरिएको सम्बवाद कार्यक्रममा यौन तथा यौनिकता, लिङ्ग लैङ्गिकता , किशोरावस्थाका चरण , किशोरावस्थामा हुने शारीरिक र संवेज्ञात्मक परिवर्तन , प्रजनन स्वास्थ्य र बालबिवाह रोक्न किशोरी क्लबको भुमिका लगाएका बिषयमा पत्राकार दल बहादुर सुनारले सहजिकरण गरेका हुन् ।

कार्यक्रमका सहभागि राधिका थारुले कार्यक्रमको बारेमा आफ्नो धारणा राख्दै भनिन यो कार्यक्रमले परिवारमा खुलेर सकारात्मक सम्वाद गर्न उत्प्रेरीत गरेको बताइन । त्यस्तै किशोरीका अभिभाबक मायाँ थारुले नया कुरा सिक्न पाएको र कार्यत्रममा सिकेका र बुझेका कुरा लाई ब्यबहारमा लागु गर्ने र अरुलाई पनि बुझाउने बताईन ।

बर्दियाको बढैयाताल गाउँपालिका ९ न. वडा कार्यालयको सभाहलमा बुधवार भएको कार्यक्रममा स्थानिय २३ जना किशोरी र उनका आमाहरुको सहभागिता रहेको परियोजनाका फिल्ड सुपरभाइजर रामबहादुर थारुले जानकारी दिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु