बिहेका बेला ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल, स्कोर्पियो गाडी किन्ने थप १० लाख रुपैयाँ दाइजो नल्याएको भन्दै पत्नीको हत्या

विराटनगर — बिहेका बेला ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल पाईसकेको तर थप स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो नल्याएको भन्दै सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतले श्रीमतिको हत्या गरेका छन् ।

भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) सँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटर साइकल दाइजो लिएर विवाह गरेका थिए ।

Advertisement

 

उनले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।

घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता खुल्ने रेग्मीको भनाइ छ । शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिएको थियो । निकिताको ११ महिनाको छोरो छन् ।

शनिबार राति टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा नगेन्द्रका आफन्तले निकिताको उपचारका लागि इनरुवा अस्पतालमा लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको भन्दै विराटनगर रिफर गरेको थियो । त्यसपछि उनीहरूले विराटनगरको विराट शिक्षण अस्पताल ल्याएका थिए । स्थानीयका अनुसार शिक्षण अस्पताल ल्याएको केही समयपछि चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए ।

विष्णुका अनुसार विवाहमा नगेन्द्रलाई आफूले उतापट्टिको सबै विवाह खर्च समेत आफैंले बेहोरेका थिए । पछिल्लो पटक उनले स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो माग्दै आएका थिए ।
नगेन्द्रले निकितासँग विवाह गर्न इनरुवा नगरपालिकाको विद्युत् शाखाको इन्जिनियर भएको र आफ्नो जागिर स्थायी भएको बताएका थिए । विवाहपछि उनी इन्जिनियर नभई विद्युत्‌को पोलमेन भएको र उनको जागिर स्थायी नभई करार सेवा भएको र नगरपालिकाले करार नवीकरण नगर्दा जागिर गएको भन्ने पोल खुलेपछि निकितासँग झगडा सुरु भएको विष्णुको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु