लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार मन्त्री र प्रदेश सदस्य चौधरीको पहलपछि बैदा पुलको मर्मतसम्हार सुरु

गुलरीया । बारबर्दिया नगरपालिका वडा न. १० स्थित भासिएर सवारी आउजाउ बन्द भएको बैदा गाउँको झरनैया पुलको मर्मत सम्हार मंगलबारदेखि सुरु भएको छ ।

पुलको पश्चिम दक्षिणको भागको तटबन्ध बाढीले भत्काएपछि पुलको माटो खोलामा खसेर भ्वाँग परेको छ । भ्वाँग बनेपछि सवारी साधन आउजाउ ठप्प भएको छ । त्यस्तै पुलको उत्तर पुर्बमा खाल्डो बनेको छ । नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरीको पहलपछि पुल मर्मत सम्हारको काम सुरु भएको हो ।

Advertisement

प्रदेश सदस्य राजकुमार चौधरीको पहलपछि भौतिक पुर्बाधार मन्त्री धर्म बहादुर चौधरीले बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए लगत्तै पुल मर्मतको काम सुरु भएको हो ।

पुल मर्मतका लागि वडा कार्यालय र नगरपालिकाबाट सम्भव नभएको भन्दै स्थानीय सरकारले चासो दिएको थिएन । स्थानीगरयले सदरमुकाम गुलरीया जाने सडकको पुल भत्किएको भन्दै आक्रोसित हुँदै आएका थिए ।

स्थानीयको गुनासोपछि प्रदेश सदस्य राजकुमार चौधरीले पहल थालेको केही दिनमा पुल मर्मतको कामले प्राथमिकता पाएको छ । मंगलबार पुल मर्मतका लागि आवश्यक पर्ने ढुंगा खसाइएको छ ।

पुल मर्मतको काम सुरु भएपछि स्थानीय खुसी भएका छन् । उक्त पुलले बार बर्दिया वडा न. १० वडा न ९ लगायतका गाउँलाई सदरमुकाम गुलरीयासंग जोडेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु