बढैयातालमा मधेशी समुदायका पुरुषहरु लाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

१४ बैसाख बढैयाताल , पडरिया टोल स्थित मधेशी समुदायका पुरुषहरु लाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ ।

Advertisement

 

प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ७ को पडरियाको मधेशी टोलमा २०८१ बैसाख १२ गतेदेखि १४ सम्म यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण  गरिएकाे हाे ।

सहजकर्ता दलबहादुर सुनारले किशोरावस्था , किशोरावस्थाका चरण , किशोरावस्थामाको यौन तथा प्रजनन स्वास्थ्य , याैन तथा यौनिकता , प्रजनन स्वास्थ्यका समस्या,  प्रजनन स्वास्थ्यकाे समस्या समाधन गर्न  पुरूषकाे भुमिका , अघिल्लो पुस्ता र पछिल्लो पुस्ता बिच अन्तरघुलनको महत्व र बालविवाह रोक्न बुवाहरुको भुमिका , महिनावारी ब्यबस्थापन , गर्भधारण , सुरक्षित गर्भपतन लगाएतका बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रमका सहभागिहरुले यो कार्यक्रम नयाँ , ज्ञानबर्धक भएको बताउदै सिकेका कुरा परिवारमा यौन प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको बारेमा परामर्श र सहयोग गर्ने बताए ।

 

कार्यक्रममा पडरिया टोलका स्थानिय २५ जना  सहभागी पुरूषहरू लाइ एक एक वटा प्याड प्रदान गरेकाे फिल्ड सुपरभाइजर राम बहादुर थाारुले जानकरी दिए ।

परयोजनाका बढैयाताल फिल्ड सुपरभाईजर राम बहादुर थारुले कार्यक्रमको उद्देश्य र परियोजनाले गर्ने कामको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु