मिति २०८१।०१।१५ गते राती अन्दाजी २२;०० बजेको समयमा जिल्ला बाँके राप्तिसोनारी गा.पा.५ चाचरफर्का बस्ने बर्ष १६ को सचिन थारुले YouTube हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखीने हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्कन गई निजको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई घाईते भएको भनि २०८१।०१।१६ गते १२;१५ बजेको समयमा ई.प्र.का. बैजापुर बाँकेमा खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई गई निजलाई उपचारको लागि मेडिकल कलेज नेपालगंज बाँके पठाईएको, निजको अबस्था सामान्य रहेको,हतियार प्रहरीको नियन्त्रणमा छ ।
आफैले बनाएको घरेलु हतियार पड्कन गई घाईते









