बझाङमा एमाले उम्मेदवार भण्डारी निर्वाचित

– वैशाख १७ । बझाङ प्रदेशसभा १(१) मा १५ वैशाखमा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै जित निकालेका हुन् ।

एमालेका भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत पाए ।

Advertisement

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याए । उनी तेस्रो भए । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए । शिलापत्र ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु