एसियन गेम्समा पुरुष भलिबलः पहिलो खेलमा नेपाल बहराइनसँग पराजित

 

नेपाली टिम । फाइल तस्वीर

Advertisement

२ असोज, काठमाडौं । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा नै हार बेहोरेको हो ।

 

 

पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो ।

नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

 

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु