कपिलवस्तु —वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका
Advertisement
मृतक श्रीमान् भर्याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिईन् । श्रीमतीको शरीरका विभिन्न भागमा चोट देखिएको छ । बिहान घरमा दूध लिएर गएका व्यक्ति श्रीमान्लाई झुन्डिएको देखेपछि गाउँले र आफन्त जम्मा भई प्रहरीलाई खबर गरिएको थियो ।
जिल्लाबाट डीएसपी हरिबहादुर वली नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको प्रकृति हेर्दा श्रीमान्–श्रीमतीबीच झगडा भई श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । ईकान्तिपुर ।









