२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका छन् ।
Advertisement
पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उनले तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको जनाए । ओलीले अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र होइन, केही विषय राम्रै छलफल गरेर संविधान गर्नुपर्ने तर्क गरे ।
अहिले पनि मुलुकमा गम्भीरता भन्दा भावनात्मक विचार, प्रायोजित र आयातीत कुराबाट दबाब दिने प्रवृत्ति देखिएको भन्दै ओलीले यस्तो बेला संविधान संशोधन गर्नु उचित नहुने धारणा राखे ।









