नेपालगन्ज । बाँकेमा डिपिटी र पोलियो खोप अभाव भएपछि दाङ र बर्दियाबाट सापटी मागेर काम चलाइएकोे छ । बाँकेका स्वास्थ्य प्रमुख अंगतबहादुर शाहीले बाँकेमा डिपिटी र पोलियो खोप अभाव भएपछि बिहीबार दाङ र बर्दिया जिल्लाबाट सापटीमा खोप ल्याउन थालिएको बताएका छन्।
बर्दियाबाट २५० भाइल र एक सय टेन्टा तथा दाङबाट पनि एक सय टेन्टा खोप सापटी ल्याइएको शाहीले जनाए। उनले आवश्यक खोपहरू दुई जिल्लाबाट सापटी मागेर आज नै ल्याएको र भोलिदेखि नै खोप लगाउन सुरू गर्ने प्रमुख शाहीले जनाए । उनले सापटी मागेको खोप अर्को महिना प्रदेश सरकारले उपलब्ध गराउने भन्ने शर्त राखिएको छ ।









