सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप

 

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने कार्यक्रम तय भएपछि रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले विश्वासको मत नदिन ह्विप निर्देशन जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु