बढैयातालमा विपद जोखिम ब्यबस्थापन सम्बन्धी ५ दिने तालिम

 

२१ बैसाख , बर्दियाको बढैयातालमा विपद जोखिम ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सञ्चालन भएको छ ।
बाँके यूनेस्को क्लबको सशक्त वालिका परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५दिने क्षमता विकास तालमि सञ्चाालन भएको हो ।

Advertisement


बढैयातालको मैनापोखरमा शुक्रवार देखि मंगलवार सम्म सञ्चालन हुने तालिमको उद्देश्यमाथी प्रकाश पार्दै शसक्त बालिका परियोजना बर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछानेले विपद जोखिम वाट कासरी बच्ने र जोखिम युक्त घटना वाट कसरी बचाउन सकिन्छ , जोखिम लाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा क्षमता विकास गराउने उद्देश्यले तालिमको आायोजना गरेको बताउनु भयो ।
तालिमका सहभागिहरुले पुर्ण ज्ञान प्राप्त गर्नका लागि सक्रिय सहभागिता हुनु पर्ने र सिकेका ज्ञान र सिप लाई समुदायमा गएर सिकाउनु पर्नेमा संयोजक लामिवछानेले जोड दिनु भयो ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यमा आज उद्धघाटन भएको उक्त तालिमको सहजिकरणको भुमिकामा महेश गौतम र लौटन थारु रहनु भएको आयोजकले जनाएको छ ।
प्लान इन्टरनेश्न नेपालको सहयोग र बढैयाताल गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा बढैयाताल गाउँपालिका अन्र्तगतका २५ जना युवा यूवतीको सहभागिता रहेको शसक्त बालिका परियोजना बढैयातालका सुपरभाइजर राम बहादुर थारुले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु