इनरुवा, बैशाख २३ गते । भारत विहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
Advertisement
नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ ।










