बढैयाताल गाउँपालिकाको दादागिरीः विपन्न परिवारको घर माथि डोजर, पूरै परिवार दिनभरी प्रहरी हिरासतमा

बैशाख, २४ गते सोमवार /बर्दियाको बढैयाताल गाउँपालिकाले वडा नंं. ६ मैनापोखरका सकिना खानको घरमा शनिवार डोजर लगाएको छ ।

बन्दै गरेको दुई कोठाको घरमा पालिकाले डोजर चलाएको हो । घरमाथि जबरजस्ती डोजर चलाउँदा प्रतिबादमा उत्रिएकी घरधनी सकिना खानलाई डोजरले लछारपछार पार्दा उनी घाईते भएकीछिन् ।

Advertisement

 

खानको टाउँको र हातमा चोट लागेको छ । पीडित खानले भनिन्, ‘वडा कार्यालयले केही दिन अगाडी घर नबनाउनु भनेको थियो । हामीले घर बनाउन रोकेका थियो । तर एक्कासी गाउँपालिकाबाट आएको डोजरले निर्माण गरिएको दुई कोठे घर भत्काई दियो । मैले नभत्काउ भन्दा आफुलाई डोजरले घरमाथि नै लछारपछार गरी फलिदियो,’ उनले दुखेसो पोखिन् ।

डोजरले घर भत्काउदा २ लाख ५० हजारको क्षति भएको छ, भने घरको भाँडा कुल्चेको र पानी तान्ने मोटर माथि क्षति पुगेको पीडित परिवारको दाबी छ । घर भत्काउने क्रममा बिद्युतको तार समेत चुडेकोले आफुहरु अध्यारोमा बस्नु परेको उनीहरुको दुखेसो छ ।

घर भत्काउने गएको डोजर माथि आक्रमण र चालकलाई कुटपिट गरेको आरोप लगाउँदै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले ईलाका प्रहरी कार्यालयमा निबेदन दिंदा हसिना खान, उनका श्रीमान आयुक खान सहित छोरा बुहारी सबैलाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा सोमबार दिनभरी हिरासतमा राखिएको थियो ।

बेलुका पीडित परिवारलाई छाडिएको छ । घट्नका बिषयमा मंगलबार ईलाका प्रहरी कार्यालयमा दुई पक्ष बिचको छलफल राखिएको छ । घर माथि चलेको डोजर र ईलाका प्रहरी कार्यालयमा परेको निबेदनबारे गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीलाई धेरै पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । घर भत्काउन गएको डोजरको सिसा फुटेको छ ।

डोजर चालकलाई सामान्य चोट लागेको छ । घट्नबारे वडा नं. ६ का वडा अध्यक्ष शुक्रराज सापकोटासंग बुभ्mदा उनीहरु सडकको जग्गामा बसोबास गरिरहेकाले पक्की घर नबनाउन जानकारी गराउँदा पनि, अटेर गरेपछि पालिकाले डोजर चलाएको बताए ।

हसिना खानको परिवारले आफुहरु बिगत ६० बर्षदेखी उक्त जग्गामा बसोबास गरिरहेको जनाएको छ । आफुहरु बसोबास गरिरहेको उक्त जग्गा सडकको नभएर एलानी जग्गा भएको उनले दाबी गरिन् । उक्त एलानी जग्गामा ६० बर्ष देखि बसोबास गर्दै आएको बताइन् । उनले भनिन् मेरो सुसुरा यो जग्गामा १६ बर्षको उमेर देखि नै घर बनाएर बसोबास गर्दै आएको उनले दाबी छ । हसिनाको परिवार बिगतदेखि खरको झुप्रोमा बसोबास गर्दै आएको छ ।

पीडित सकिना खानले उक्त जग्गाको लालपुर्जा बनाइदिने भनेर वडा अध्यक्ष शुक्रराज सापकोटाले एक लाख रुपैयाँ मागेको बताइन् । तर आफुले ५० हजार रुपैयाँ दिएको खानले जनाइन् । जुन भिडियो पनि तला हेर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु