चट्याङ लागेर अछाममा बालकको मृत्यु

अछाम, वैशाख २५ गते । हावाहुरीसँगै परेको चट्याङका लागेर अछामको रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको छ ।

घरको दैलामा बसेको अवस्थामा टाउकोमा परेको चट्याङले गौरवको घटनास्थलम‌ै मृत्यु भएको हो । सोमबार बेलुकी नै परेको चट्याङका कारण सोही वडाका नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु