Advertisement
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले वडा नंं. ६ मैनापोखरका वडा अध्यक्ष शुक्रराज सापकोटाले घर नभत्काउने सर्तमा १ लाख पैसा मागेको पीडितले आरोप लगाएका छन ।
पीडित सकिना खानले वडा अध्यक्ष सापकोटाले ५० हजार नगद बुझिसकेको र बाँकि रकम ५० हजार नपाएको झोकमा घर भत्काएको गुनासो गरिन ।
सापकोटाले बन्दै गरेको दुई कोठाको घरमा डोजर चलाएका थिए । घरमाथि जबरजस्ती डोजर चलाउँदा प्रतिबादमा उत्रिएकी घरधनी सकिना खानलाई डोजरले लछारपछार पार्दा उनी घाईते भएकीछिन् ।
खानको टाउँको र हातमा चोट लागेको छ । पीडित खानले भनिन्, ‘वडा कार्यालयले केही दिन अगाडी घर नबनाउनु भनेको थियो । हामीले घर बनाउन रोकेका थियो । तर एक्कासी गाउँपालिकाबाट आएको डोजरले निर्माण गरिएको दुई कोठे घर भत्काई दियो । मैले नभत्काउ भन्दा आफुलाई डोजरले घरमाथि नै लछारपछार गरी फलिदियो,’ उनले दुखेसो पोखिन् ।
डोजरले घर भत्काउदा २ लाख ५० हजारको क्षति भएको छ, भने घरको भाँडा कुल्चेको र पानी तान्ने मोटर माथि क्षति पुगेको पीडित परिवारको दाबी छ ।