नेपाल पुर्व प्रहरी संगठन बढैयातालको अध्यक्षमा अधिकारी

२५ बैसाख बढैयाताल , नेपाल पूर्व प्रहरी संगठन बढैयातालको अध्यक्षमा पुर्व प्रहरी नायब निरिक्षक दामोदर अधिकारी सर्व सम्बत निर्वाचित भएका छन् ।
बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यमा भएको तेश्रो साधरण सभा वाट अधिकारी अध्यक्षमा सर्वसम्मत  चयन भएका हुन् ।
आज मंगलवार बढैयाताल गाउँपालिका ६ न वडा कार्यालयको सभाहलमा भएको साधरण सभावाट ९ सदस्य रहेको बढैयाताल गाउँपालिका स्तरीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।


जसमा उपाध्यक्षमा लक्षिराम अहिर , सचिबमा मोहन खत्री , कोषाध्यक्षमा दुर्गादत्त शर्मा, सदस्यहरुमा मायारानी चौधरी , मिन वहादुर पुरी , राम बहादुर खड्का , कर्णवहादुर छहारी मगर र अर्जुन कुमार थारु सर्वसम्मत निर्वाचित भएका संगठनले जनाएको छ ।
साधरण सभाका बिशेष अतिथि नेपाल पुर्व प्रहरी संगठन बर्दियाका अध्यक्ष पूर्व प्रहरी निरिक्षक टंक बहादुर थापा , ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरिक्षक ऋषिराज खड्का , पुर्व प्रहरी संगठन बाँसगढीका सदस्य प्रहरी नायब निरिक्षक फम नारायण ढकाल लगाएतले नव निर्वाचित समिति लाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तब्य राखेका थिए ।
साधरण सभा वाट दोश्रो पटक सबर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका अधिकारीले बढैयातालमा रहेका पुर्वप्रहरी लाई संगठित गर्ने र उनिहरुलाई समस्या परेको अवस्थामा सहयोग र प्रहरी कल्याण कोष वाट पुर्व प्रहरीकाुे मृत्यु भएमा तत्काल रु ४० हजार उपलब्ध गराउने गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु