२५ बैसाख पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को सार्वजनिक सुनुवाई गरिएको छ ।
Advertisement
कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजार द्धारा सञ्चालित उक्त प्रतियोगिताको सार्वजनिक सुनुवाई गरेको हो ।
पुूतकालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय द्धारा २०८० चैत्र २९ गते देखि २०८१ बैसाख ८ गते सम्म संचालित पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को आम्दानी तथा खर्चको विवरण सहितको सार्वजनिक गरिएको जनाएको छ ।
पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिका ८ नं.वडाका अध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको सार्वजनिक सुनाई कार्यक्रममा पालिका , वडा कार्यालयको १÷१ लाख अनुदान सहित बिभिन्न सहकारी , उद्योग , निमार्ण कम्पनी , बिद्यालय लगाएतका संघ संस्था वाट प्राप्त सहयोग रु ७ लाख ४२ हजार ६ सय आम्दानी भएको थियो भने प्रतियोगिता सञ्चालनमा ४ लाख ९९ हजार २३६ खर्च भएको र २ लाख ४३ हजार ३६४ संस्था बचत भएको संस्थाका अध्यक्ष सुन्दरमान श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमका, ज्येष्ठ नागरिक संघ बर्दियाका अध्यक्ष टुकराज घिमिरे , बिद्या ज्योती माध्यामिक बिद्यालय कण्ठपुरका प्रधानाध्यापक भक्तिशागर रेग्मी , शारदा बहुमुखि क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठी लगाएतले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा पुस्तकालय संग सम्बन्धित सरोकारवाला , नागरिक समाजका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , पत्राकार लगाएत २५ जनाको सहभागिता रहेको श्रोत केन्दले जनाएको छ ।









