विपद जोखिम ब्यबस्थापन तालिमका सहभागि लाई प्रमाण पत्र वितरण

२६ बैसाख , बर्दियाको बढैयातालमा सञ्चालित विपद जोखिम ब्यवस्थापन तालिमका सहभागि लाई प्रमाण पत्र वितरण गरिएको छ ।

Advertisement

बाँके यूनेस्को क्लबको बालिका सशक्त परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५दिने क्षमता विकास तालमिका २४ जना सहभागि र दुइ जना प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको हो ।

बढैयातालको मैनापोखरमा २१ गते शुक्रवार देखि २५ गते सम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रम बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको भएको हो ।


विपद जोखिम वाट कासरी बच्ने र जोखिम युक्त घटना वाट कसरी बचाउन सकिन्छ , जोखिम लाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा क्षमता विकास गराउने उद्देश्यले आयोजित तालिमको समापन कार्यक्रम बाँके यूनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधारको अध्यक्षतामा भएको हो ।
प्लान इन्टरनेश्न नेपालको सहयोग र बढैयाताल गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिमको सहजिकरण महेश गौतम र लौटन थारुले गरेका जाएको छ ।


हिजो मंगलवार बालिका सशक्त परियोजना बर्दियाका अधिकृत इश्वर बि.क.ले सञ्चालन गरेको कार्यक्रममा बाँके यूनेस्को क्लबका संरक्षक प्रबेजअलि सिद्धिकी , बाँके यूनेस्को क्लबका कार्यकारी निर्देशक सावेज अलि सिद्धिकी, विपद फोकल पर्शन बढैयातालका संयोजक रमेश पौडेल बालिका सशक्त बालिका परियोजनाका संयोजक गोविन्द लामिछाने , तालिमका सहभागि लगाएतका उपस्तिथि रहेको परियोजना बढैयातालाका सुपरभाइजर राम बहादुर थारुले जानकारी दिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु