२६ बैसाख ,बढैयाताल समुदायमा स्तरमा बालबिवाह यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना गरिएको छ ।
बाँके यूनेस्को क्लबको आयोजनामा तथा नागरिक समाज सञ्जाल बढैयातालको समन्वयमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ को मयुरबस्ती र वडा नम्बर ९ को मुनालवस्तीमा सचेतना गरिएको हो ।
Advertisement

बालबिवाह न्यूनिकरण र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्तरमा सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागि महिला तथा पुरुषहरुले प्रजनन स्वास्थ्यको बारेमा खुलेर सम्बाद गर्ने र महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा समस्या देखिएमा पुरुषले पनि सहयोग गर्ने र समुदायमा बालबिवाह हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

बाँके यूनेस्को क्लब बढैयातालकी समाजिक परिचालक लक्ष्मी चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकास पारेको कार्यक्रममा पत्राकार द्धय ज्ञानेन्द्र पोख्रेल र दलबहादुर सुनारले बालबालिका भनेका को हुन , बालबिवाह हुने कारण र रोकथाममा अभिभाबकको भुमिका , किशोरावस्थामा कस्ता खालका यौन तथा प्रजनन समस्याहरु हुन्छन , यौन तथा प्रजनन स्वास्थ्य भनेको के हो , यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सुरक्षित रहन अपनाउनु पर्ने साबधानिका बारेमा सहजिकरण गरेका जनाएको छ ।
मंगलबार मयुरबस्तीमा भएको कार्यक्रममा ३० जना र बुधवार मुनालबस्तीमा भएको कार्यक्रममा ३१ जना महिला पुरुषको सहभागिता रहेको सामाजिक परिचालक चौधरीले जनाएकी छन् ।









