काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले कोहलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरेको छ । त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।
प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
बाँके प्रहरीले गोली हानेर लागुऔषध कारोबारी पक्राउ









