काभ्रेमा मुख र छातीमा फलामको तारले बाँधेर आगो लगाएर हत्या

काठमाडौं । काभ्रेमा मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएर एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। शुक्रबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको हो ,
करिब २५ वर्षीय मृतक युवकको पहिचान खुलेको छैन। शव करिब २० दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ।

Advertisement

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु