मधुवनमा ६१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ

 

बर्दिया — प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट २८ वर्षीय विकास पुनलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

Advertisement

प्रहरीका अनुसार पुनसंग ६ सय १० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय,ढोढरीमा राखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु