नेपालगन्ज । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनको सुरक्षा मध्यनजर गरि शुक्रबार साँझदेखि तीन दिनका लागि नेपाल–भारत जमुनाहा सिमाना
बन्द गरिएको छ ।
Advertisement
शुक्रबार साँझ ५ बजेबाट तीन दिनका लागि सिमानाका बन्द गरिएको हो। शुक्रबार रातीबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।









