नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख तथा जसपाका बाँकेका अध्यक्ष कमरुद्दिन राईले उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमै रहेको बताएका छ्न ।
Advertisement
उपप्रमुख राईले एक विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको जनाएका छ्न ।
संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पार्टीमै रहेको उल्लेख गरेका छन् ।









