रासस/ काठमाडौँ —काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा शनिबार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’
Advertisement
धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।









