बढैयाताल गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग यूवा संवाद

३० बैसाख , बर्दियाको बढैयातालमा पालिका अध्यक्ष तथा उपाध्यक्ष संग यूवा संवाद गरिएको छ ।

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजनाले आइतवार  मैनापाेखरमा यूवाको सवाल र स्थानियतहको भुमिका बिषयमा संवाद गरिएको हो ।

Advertisement


स्थानियतहले सञ्चालन गर्ने स्थानियस्तरको नीति तथा कार्यक्रममा किशोर किशोरी तथा युवाको सवाल लाई सम्बोधन गर्नको लागि स्थानिय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजित संवाद कार्यक्रममा १२ जना भन्दा धेरै किशोर किशोरी तथा युवाहरुले युवाका सवाल संग सम्बन्धीत प्रश्न राखेका थिए ।

प्रश्न गर्ने युवाहरुले निःशुल्क शिक्षाको कुरा बोलिमा भएको तर ब्यबहारमा किन नभएको ? ड्रप आउट  राेक्न र पुःन भर्ना गर्न के योजना छ ? सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षाको लागि कस्तो रणनीति बनेको छ ? पालकिाले शिक्षक भर्ना गर्दा योग्यता क्षमताको आधारमा हुन्छ की पहुँचको आधारमा हुन्छ ? कृषि अनुदानका कार्यक्रम फर्मवाला ठुला किसान लाई मात्र हुन्छ किन ? गरिब तथा साना किसानको लागि अनुदान हुन्छ की हुदैन ? युवामैत्री नीति बनेको छ की छैन ?बढैयातालका युवालाई टिकाउने र बिकाउने खालको शिप विकास तथा रोजगारमुलक याेजना छ की छैन ? लागु औषध दुब्र्यशनी रोक्न योजना के छ ? कुलतमा फसेका किशोर किशोरी बाल बालिका लाई पुर्नस्थापनाको लागि के छ योजना ? स्वाास्थ्य सेवालाई अझ प्रभाबकारी बनाउन के योजना छ ? भन्ने लगाएतका प्रश्नहरु राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भने अव बन्ने नीति तथा कार्यक्रममा युवाको सवालको सम्बोधन गरिने प्रतिबद्धता जनाए । कृषि लाई आधुनिक र प्रबिधि संग जोडेर ब्यबसायीक बनाउन किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण गरि स्वरोजगारको सृजना गर्ने अध्यक्ष त्रिपाठीले बताए ।


यसैगरी शिक्षा संग जोडिएको प्रश्नको उत्तर शिक्षाक शाखाका धनबहादुर थापा , स्वास्थ्य संग जोडिएको प्रश्नको सम्बोधन स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल र बिपत संग सम्बन्धीत बिपत फोकल पर्शन रमेश पौडेलले उत्तर दिएका थिए ।


कार्यक्रमकी अध्यक्ष लक्ष्मीकुमारी अधिकारीले समापन मन्तब्य राख्दै नीति एकातिर कानुन अर्कोतिर भएकाले काम गर्न तालमेल नमिलेको बताईन । युवाको सवालमा काम गर्न कानुन नहुदा समस्या भएको बताउदै अव युवा सम्बन्धी नीति तथा बजेट सहितको योजना बनाएर कार्यान्वय गरिने उपाध्यक्ष अधिकारीले बताईन ।


बालिका सशक्त परियोजना बर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछानेले उद्देश्य माथी प्रकास पारेको कार्यक्रममा बढैयाताल गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका २७ जना युवाहरु , अध्यक्षा ,उपाध्यक्षा , प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी , स्वास्थ्य र शिक्षा शाखाका कर्मचारी लगाएत ३८ जनाको सहभागिता रहेको फिल्ड सुपरभाइजर रामबहादुर थारुले जाकारी दिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु