अश्लील भिडियो बनाएर बेइज्जत गर्ने युवक पक्राउ

 

सुलीकोट, बैशाख ३१ गते । गोरखामा सामाजिक सञ्जालमा अश्लील भिडियो बनाएर बेइज्जत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका – २ बस्ने वर्ष २५ का मनध्वज घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार नाम परिवर्तित ध कुमारीको नाममा फेक फेसबुक एकाउन्ट खोली सामाजिक सञ्जालमा अश्लील र अपाच्य भिडियो र तस्बिरहरू राखी बेइज्जत गरेको आरोपमा पीडित युवतीको जाहेरी दरखास्तको आधारमा पिडक घललेलाई गत शुक्रवार पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै पिडक मनध्वज घलेविरुद्ध आज आइतबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु