बीबीसी / सन् १९९९ को एप्रिलमा अमेरिकी डाक्टर क्रिस्टोफर केरले यस्तो घटना देखे जसले उनको करिअरको दिशा नै बदलिदियो।
Advertisement
मेरी नामकी एक बिरामीको अन्तिम समय आइपुग्दै थियो। अस्पतालको शय्यामा आफ्ना चार जना वयस्क सन्तानले घेरिएको बेला उनले अनौठो व्यवहार गर्न थालिन्।
शय्यामा सुतिरहेकी ती ७० वर्षीया बिरामी जुरुक्क उठिन् र उनको काखमा कुनै बच्चा रहेको जस्तो गरी हातलाई झुला बनाएर हल्लाइन्। उनले मात्रै देखिरहेको उक्त बच्चालाई उनले ‘ड्यानी’ भन्दै बोलाइन्, अँगालो हालिन् र चुमिन्।
उनका छोराछोरीका निम्ति त्यो दृश्य अनौठो थियो किनभने उनीहरूले ड्यानी नाम गरेको कसैलाई चिनेका थिएनन्।
तर अर्को दिन मेरीकी दिदी अस्पतालमा आइन् र उनले चार सन्तान जन्मनुअघि मेरीले ड्यानी नाम गरेका छोरालाई जन्म दिएकी थिइन्। तर ती शिशुको जन्मँदै निधन भइसकेको थियो।
मेरीका निम्ति त्यो घटना यति पीडादायी बन्यो कि उनले त्यसबारे कहिल्यै बताइनन्।
डा केरले मुटुरोगमा विशेषज्ञता हासिल गरेका छन् र न्यूरोबायोलजीमा विद्यावारिधि गरेका छन्। उनलाई यो घटना यति असाधारण लाग्यो कि उनले आफ्नो विज्ञताको क्षेत्र परिवर्तन गर्दै मर्न लागेका मानिसहरूको अनुभव अध्ययन गर्न थाले।
‘शान्तिको अनुभूति’
मेरीलाई भेटेको २५ वर्षपछि अहिले डा केर यो विषयको विश्वकै अग्रणी विज्ञ भएका छन्। उनी मर्न लागेका मानिसहरूले देख्ने दृश्य र सपनाहरूको अध्ययन गर्छन्।
मानिसहरूले मृत्यु हुनुभन्दा हप्तौँ अगाडिदेखि फरक अनुभूति गर्ने र मृत्युको दिन नजिकिँदै जाँदा त्यो अझ बढी महसुस हुने उनी बताउँछन्।
केरका अनुसार उनले मानिसहरूले आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरू पुन:स्मरण गर्न थालेका अनि वर्षौँ पहिल्यै मरिसकेका तिनका बुबाआमा, बालबच्चा वा तिनले पालेका जनावरसँग बोलेका दृश्यहरू देखेका छन्।
ती बिरामीहरूका निम्ति ती दृश्य एकदम वास्तविक, सघन हुने गर्छन् र तिनले उनीहरूलाई एक किसिमको ‘शान्तिको अनुभूति’ गराउँछन्।
“ती घटना वा सम्बन्धहरू अर्थपूर्ण तरिकाले पुन:स्मरण हुन्छन् जसले तिनले बाँचेका जीवन अर्थपूर्ण रहेको अनुभव गराउँछन् र मृत्युको त्रास पनि कम गराइदिन्छन्,” केरले बीबीसी न्यूज ब्रजिललाई भने।
त्यस्तो अवस्थाका बिरामीहरू दिग्भ्रमित वा असन्तुलित मनस्थितिमा नहुने भन्दै केरले तिनको शारीरिक स्वास्थ्य अवस्था खस्किए तापनि भावनात्मक रूपले उनीहरू सामान्य रहने गरेको बताए।
तर कतिपय डाक्टरहरूले यस्ता घटनालाई भ्रान्तिको संज्ञा दिएका छन् र बिरामीहरू भ्रमित भएका कारण गलत आभास उत्पन्न हुने बताएका छन्। कुनै निर्क्योलमा पुग्नुअघि यस्ता घटनाका थप वैज्ञानिक अनुसन्धानको आवश्यकता उनीहरूले औँल्याएका छन्।
सन् २०१०मा डाक्टर केरले एउटा नौलो अध्ययन अमेरिकामा सुरु गरे। मृत्युको नजिक पुगेका बिरामीहरूमाझ उनले एउटा सर्वेक्षण नै गरे, जसमा तिनले ती समयमा कस्तो दृश्य देखे भनेर सोधिएको थियो।ती बिरामीहरूका निम्ति ती दृश्य एकदम वास्तविक, सघन हुने गर्छन् र तिनले उनीहरूलाई एक किसिमको ‘शान्तिको अनुभूति’ गराउँछन्।
“ती घटना वा सम्बन्धहरू अर्थपूर्ण तरिकाले पुन:स्मरण हुन्छन् जसले तिनले बाँचेका जीवन अर्थपूर्ण रहेको अनुभव गराउँछन् र मृत्युको त्रास पनि कम गराइदिन्छन्,” केरले बीबीसी न्यूज ब्रजिललाई भने।
त्यस्तो अवस्थाका बिरामीहरू दिग्भ्रमित वा असन्तुलित मनस्थितिमा नहुने भन्दै केरले तिनको शारीरिक स्वास्थ्य अवस्था खस्किए तापनि भावनात्मक रूपले उनीहरू सामान्य रहने गरेको बताए।
तर कतिपय डाक्टरहरूले यस्ता घटनालाई भ्रान्तिको संज्ञा दिएका छन् र बिरामीहरू भ्रमित भएका कारण गलत आभास उत्पन्न हुने बताएका छन्। कुनै निर्क्योलमा पुग्नुअघि यस्ता घटनाका थप वैज्ञानिक अनुसन्धानको आवश्यकता उनीहरूले औँल्याएका छन्।
सन् २०१०मा डाक्टर केरले एउटा नौलो अध्ययन अमेरिकामा सुरु गरे। मृत्युको नजिक पुगेका बिरामीहरूमाझ उनले एउटा सर्वेक्षण नै गरे, जसमा तिनले ती समयमा कस्तो दृश्य देखे भनेर सोधिएको थियो।
सर्वेक्षणमा सामेल गराउनुअघि कतै उनीहरूको मानसिक सन्तुलन खलबलिएको छ कि भनेर सबै बिरामीहरूको जाँच गरिएको थियो।
यो अध्ययनभन्दा अगाडि यस्ता विषयका प्रतिवेदनहरूमा बिरामीहरूको अनुभवबारे तेस्रो व्यक्तिका भनाइमात्र समेटिएका थिए।
केरको अध्ययनका नतिजाहरू स्वीडनको ‘न्याश्नल लाइब्रेरी अफ मेडिसिन’सहित कैयौँ वैज्ञानिक जर्नलहरूमा प्रकाशित भएका छन्।
यस्ता अनुभूतिहरूको वास्तविक वर्णन गर्नसक्ने गरी डाक्टर केरले कुनै ठोस जबाफ अझै पाइसकेका छैनन्। ती अनुभूतिका कारण पत्ता लगाउने विषय उनको अध्ययनको मुख्य प्राथमिकता पनि नभएको उनी बताउँछन्।
“मैले कारण वा प्रक्रिया वर्णन गर्न नसक्दैमा बिरामीहरूको अनुभूति नै नकार्न मिल्दैन,” उनले भने।
अचेल डा केर न्यूयोर्क राज्यको बफालोमास्थित एक पालिएटिभ उपचार केन्द्रका प्रमुख कार्यकारी हुन्।
उनको पुस्तक ‘डेथ इज बट अ ड्रीम : फाइन्डिङ होप एन्ड मिनिङ एट लाइफ्स एन्ड’ सन् २०२० मा प्रकाशित भएको थियो र १० विभिन्न भाषामा अनुवाद गरिएको थियो।
बिरामीहरूलाई तिनका सम्बन्धहरूबारेका सोचाइ एकदमै अर्थपूर्ण एवं मानसिक आराम पुग्ने किसिमले आउने केर बताउँछन्
आफ्ना अध्ययन अनि त्यस्ता अनुभूतिका अर्थबारे उनले बीबीसी न्यूज ब्रजिलसँग कुराकानी गरेका छन्।
यत्तिका वर्षपछि यस्ता अनुभूतिहरूबारे तपाईँले के थाहा पाउनुभयो?
“मलाई लाग्छ मर्नु भनेको भौतिक रूपमा खस्कँदै जानु मात्र होइन, जुन हामी देख्छौँ। यसमा त तपाईँको अवस्थामा आएका फेरबदल, तपाईँका धारणा, अनि जीवनको सार्थकता सम्झाउने अन्य तत्त्व पनि पर्छन्।”
“मृत्युले तपाईँलाई जीवन नियाल्ने एउटा बिन्दुमा पुर्याउँछ। मानिसहरूले उनीहरूका निम्ति सबैभन्दा महत्त्वपूर्ण विषयमा ध्यान केन्द्रित गर्छन् – उनीहरूका सबैभन्दा ठूला उपलब्धिहरू अर्थात् उनीहरूका सम्बन्धहरू।”
“रोचक के छ भने त्यस्ता सम्झनाहरू एकदमै अर्थपूर्ण र मनलाई शान्ति दिने किसिमले आउने गर्छन् जसले उनीहरूले बाँचेको जीवनको सार्थकता पुष्टि गर्छ र जसबाट मृत्युको त्रास पनि कम हुन्छ।”
“जीवनको अन्त्य सामना गर्दै गर्दा मानिसहरूले मानसिक तनाव वा कष्ट बेहोर्छन् होला भन्ने हामी ठान्छौँ। तर धेरै जसो घटनामा त्यसो भएको देखिँदैन।”
“हामीले त बरु उनीहरू एक किसिमले माया र अर्थले घेरिएको अवस्थामा रहेको पाउँछौँ।”
“हाम्रा अध्ययनमा करिब ८८ प्रतिशत मानिसहरूले कम्तीमा एउटा त्यस्ता अनुभूति गरेको बताए।”
“सामान्य रूपमा बताइने गरेको भन्दा सायद् यो २० प्रतिशत धेरै हो। यस्तो किन भएको होला भनेर हाम्रो अध्ययनमा हामीले मानिसहरूलाई हरेक दिन सोध्ने गर्थ्यौँ।”
“मृत्यु भनेको एउटा प्रक्रिया हो। त्यसैले सोमवार सोध्दा उनीहरूले दिने जबाफभन्दा शुक्रवार दिने जबाफ बिल्कुल फरक हुन सक्छ।”
“मृत्युको जति नजिक पुग्दै गयो बिरामीहरूले गर्ने अनुभूति पनि बढ्दै जान्छ।”









