काठमाडौं, २ जेठ सिरहा, भगवानपुर गाउँपालिका-१ सिनुरिया टोल बस्ने राजु साहको छोरा २ वर्षीय अंकुस साहको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
दाङ, बबई गाउँपालिका-६ ओदालेस्थित बबई नदीमा डुबेर सोही गाउँपालिका- ५ हापुरे बस्ने सिताराम परियारको छोरा १८ वर्षीय दिपक परियार र १६ वर्षीय दिपेश परियारको मंगलबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका दिपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो भने बेपत्ता भएका दिपेशको खोजी गर्ने क्रममा सोही नदीमा शव फेला परेको हो ।
लमजुङ, मर्स्याङदी गाउँपालिका-८ नन्देश्वरास्थित मर्स्याङदी नदीमा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय राजेन्द्र गुरुङको मंगलबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









