करेन्ट लागेर मृत्यु

 

 

Advertisement

रूपन्देही, २ जेठ/ देवदह नगरपालिका-११ रेहेरा बस्ने ४५ वर्षीय विर बहादुर गुरूङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका-१ विर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु