नेपालगन्ज । बाँके प्रहरीमा वैशाख महिनामा १७० वटा मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार मुद्दा दर्तापछि १४२ जना पक्राउ परेका छन् । पुराना ३९ मुद्दाहरु फर्छौट गरिएको छ । फरार अपराधी पक्राउ गरी फैसला कार्यन्वयन गर्ने उद्देश्यका साथ ३२ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट १०३ बर्ष २ महिना ३ दिन कैद र चौहत्तर लाख नौ सय साठ्ठी रुपैया जरिवाना असूलउपर गरिएको बाँके प्रहरीले जनाएको छ।
ठाडो उजुरी ६२४ वटा प्राप्त भएको ४३२ फर्छौट भएकोमा २४ वटा सम्बन्धित निकायमा पठाईएको र बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको छ। बैशाख महिनामा चोरी भएका ४ थान मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ।









