नेपालगन्ज । टिकापुर घटनामा जेल सजाय पाएका चार जनालाई रास्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसारमा आममाफी दिएका छ्न । सरकारले उनिहरुलाई आममाफी दिन रास्ट्रपति कार्यलायलाई सिफारिस गरेको थियो ।
टिकापुर घटनामा दोषी करार गरिएका बिर बहादुर चौधरी, हरि नारायण चौधरी , प्रदीप चौधरी र श्रावण चौधरीले आममाफी पाएका हुन ।
Advertisement
श्रावण चौधरी पोखरा बाल सुधार केन्द्र र बाँकि ३ जना धनगढी कारागारमा जेल बसेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भुमि सहकारि तथा गरिबि निवारण मन्त्री रान्जिता श्रेष्ठ चौधरीले आफ्नो फेसबुक स्टाटस्मा कैलालीलाई गरेको बाचा पुरा गरेको उल्लेख गरेकि छ्न । यो स्टाटसले टिकापुर घटनाका चार जनाले आममाफी पाएको पुस्टि गरेको छ ।
यसअघि टिकापुर घटनाका मुख्य योजनाकार भनिएका नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशम लाल चौधरीले पनि रास्ट्रपतिबाट आममाफि पाएका थिए ।
२०७२ भदौ ७ गते टिकापुरमा भएको थरुह्ट आन्दोलनमा एक बालकसहित ७ जना सुरक्षाकर्मिको मृत्यु भएको थियो । थरुहट पक्षधरले सरकारकै संरक्षणमा टिकापुर घटना घटाईएको भन्दै आक्रोस पोख्दै आएका थिए । थरुहट नेता लक्षमण चौधरीले टिकापुर घटनाका चार राजबन्दिले आममाफी पाएको पुस्टि गरेका छ्न ।









