बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखरका सकिना खानको घरमा डोजर लगाउने समयमा पालिका प्रमुख हिमालय त्रिपाठी र ६ नम्बरका वडाध्यक्ष शुक्रराज सापकोटा घटनास्थलमै रहेको खुलेको छ । सकिनाको घर गएको बैशाख २२ गते गाउँपालिकाले डोजर चलाएर भत्काएको थियो ।
Advertisement
उक्त घट्नमा साना किसान सहकारी संस्था मैनापोखरका उपप्रबन्धक मधुराम थारु र वडाध्यक्ष सापकोटालाई सकिनाले ५० हजार रुपैया दिएको घुस लिएको आरोप लगाएकी थिइन् । तर उक्त कुराको खण्डन गर्दै उपप्रबन्धक थारुले सकिना खाँसंग कुनै रकम नलिएको बताएका छन् । उनले आफू पालिका र वडा कार्यालयसंग सम्बन्धित व्यक्ति नरहेको प्रस्ट पारेका छन् । म असम्बन्धित व्यक्तिलाई सकिनाले किन पैसा दिन पर्छ र ? उनले भने, कसले कति पैसा लिए थाह छैन । मेरो संलग्नता छैन ।
उनले भने, “मैले सकिनासंग कुनै रकम लिएको छैन । घर भत्काउने दिन गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी मेरो घरमा आएकाले आक्रोसमा मलाई आरोप लगाएका हुन । घर भत्काउन बेला शुक्र सापकोटा सकिनाको घर अगाडिको सडकमा उभिएका थिए । मैले उहाँहरुलाई जनप्रतिनिधिको नाताले घरमा बस्न दिएकाले सकिनाले मलाई आरोप लगाएका हुन। पछि अन्य छिमेकीलाई उक्त कुरा बुभ्mन लगाउँदा आक्रोसमा आएर मधुलाई रकम दिएको आरोप लगाएको भन्ने सुने ।
मधुराम थारु भन्छन् , उक्त घट्नमा मेरो कुनै संलग्नता छैन । सकिनाले लगाएको आरोप झुठो हो । उनी भन्छन् बरु मैले सकिनालाई छिमेकीको नाताले घरमा बल्नको लागि बिद्युत दिएको थिए । बेलाबखत् अन्य सहयोग समेत गर्दै आएको उनले बताए । यसबारेमा मधुराम थारुसंग गरिएको भिडियो तल हेर्न सकिन्छ ।









