कञ्चनपुरमा पूर्वशिक्षकको हत्या

 

धनगढी । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए ।

Advertisement

उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु