४१ डिग्री तापक्रम गर्मीमा खुला आकासमा मकै पोल्दै गुलरियाका मोलहे

बर्दिया । नाम हो, मोलहे भुजुवा । उमेर करिव ६५ वर्ष । बाध्यताले मकै पोल्ने पेशा गर्छन । यति बेला बर्दियाको तापक्रम करिव ४१ डिग्री सेल्सीयस छ । उखरमाउलो गर्मीमा सर्वसाधारणको जीवन कष्टकर छ ।

तर, मोलहेलाई यो गर्र्मीको कुनै परवाह छैन । माथीबाट ४१ डिग्री सेल्सीयस र १०० डिग्री सेल्सीयस तापक्रम मकै पोल्न तयार गर्ने कोईलाको आगो । गर्मी छल्न उनले समान्य छाता काठको सहयोगले राखेका छन् । तर त्यो छाताले गर्मी छल्ने कुनै छाँट देखिदैन ।

Advertisement

बर्दिया जिल्ला अदालतको गेटको पुर्बी कुनामा उनी मकै पोलेर बेच्छन् । यस्तो गर्मीमा मकै कसरी पोल्नु हुन्छ ? का करर्हियो । पेट पालेका परा ना ? मकै नबेची तो का खाई, उनको सहज जवाफ छ ।

त्यसो त उनको पुर्खौली पेशा भुजा भुट्ने हो ।

त्यसैले पनि उनलाई गर्मी र जाडोमा भुजा भुट्न र मकै पोल्न सहज भएको हुनसक्छ । तर, यो गर्र्मीमा मोलहे भुजुवालाई खुला आकासमा मकै पोलेको देख्नेहरु छक्क पर्छन । गर्मी छाल्न सर्वसाधारणहरु छहारी खोज्दै भेटिन्छन् । तर मोलहे भने पेट पाल्नैका लागि प्रचण्ड गर्मी पचाउन बाध्यछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु